निर्वाचनको तयारी: राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडाैं | पुस ७, २०८२

निर्वाचनको तयारी: राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं:  प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्।


प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे गृह मन्त्रालयमा हुने छलफलमा निर्वाचन तयारीको विषयमा निर्वाचन आयोगको प्रस्तुतिकरणसमेत रहेनछ।


बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनेछन् । निर्वाचनको विषयमा प्रमुख दलले आशंका व्यक्त गरेपछि सरकारले छलफलका लागि बोलाएको हो । छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको तयारीको विषयमा जानकारी गराउने छन् ।


सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावका विषयमा नेकपा एमालेले प्रश्न गर्दै आएको छ । पछिल्ला दिनमा जेनजीको केही समूहलेसमेत निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सरकारले प्रमुख दलसँग छलफल गर्न लागेको हो ।


प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन कार्यतालिकाको विषयमा गम्भीर छलफल हुनेछ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्